खेलौँ, सिकौँ,
सँगै बढौँ !!
बालकार्यक्रममा स्वागत छ —
नेपाली भाषा र संस्कृति सिक्ने रमाइलो यात्रा!
हाम्रो बारेमा
बालकार्यक्रम नेब्रास्का - नेपाली भाषा र संस्कृतिको संरक्षण
नेपाली भाषा, संस्कृति र समुदायमार्फत बालबालिकामा पहिचानको गर्व, आत्मबल, र समृद्ध भविष्यको बीउ रोप्ने अभियान।
हाम्रो कक्षाहरू
नेपाली भाषा, संस्कृति र मूल्यहरूलाई रमाइलो, आकर्षक र समग्र सिकाइ अनुभवमार्फत सिकाउँदै बालमस्तिष्कको विकास र सिर्जनशीलतालाई प्रेरणा दिने हाम्रो प्रयास।
आउँदो कार्यक्रमहरू
सबै उमेर समूहका लागि रमाइला आउँदो कार्यक्रमहरू — रमाइलो, सिकाइ र स्मरणीय अनुभवका लागि हामीसँग सहभागी बनौं!
30 March 2025
होली (मौसम अनुकूल भएमा)
होली रंगहरूको पर्व हो, जहाँ प्रेम, उत्साह र भाइचारा सँगसँगै मनाइन्छ।
यो पर्वले नेपाली संस्कृति र विविधताको रंगीन झल्को दिन्छ।
- 10:00 AM
- Standing Bear Lake
27 April 2025
आमाको मुख हेर्ने
आमाको मुख हेर्ने दिन नेपाली संस्कृति अनुसार आमाप्रति श्रद्धा, प्रेम र सम्मान प्रकट गर्ने विशेष दिन हो।
यस दिन छोराछोरीहरूले आमाको आशीर्वाद लिन्छन् र मिठा परिकार खान दिन्छन्।
- 10:00 AM
- Montclaire Community Center
15 June 2025
पिकनिक (भ्रमण कार्यक्रम)
पिकनिक रमाइलो मिलन र सामूहिक आनन्दको दिन हो, जहाँ विद्यार्थी, शिक्षक र अभिभावकहरू एकसाथ प्राकृतिक वातावरणमा समय बिताउँछन्।
यो कार्यक्रमले आपसी सम्बन्ध बलियो बनाउँछ र सिकाइबाहिरको रमाइलो अनुभव प्रदान गर्छ।
- 10:00 AM
- Lake Zorinsky Shelter 1
बालकार्यक्रम बारे थप जानकारी
५ वर्ष वा त्योभन्दा माथिको उमेर भएकाहरूलाई भर्ना लिन सकिन्छ। यदि बच्चा त्यस वर्षको अमेरिकी विद्यालय प्रणालीमा किंडरगार्टेनमा जान लागेका छन् भने, बालकार्यक्रममा दर्ताको समयसम्म ५ वर्ष नपुगेको भए पनि भर्ना लिन सकिन्छ।
हामी नयाँ भर्ना श्रीपञ्चमी (सरस्वती पूजा) को दिनबाट खोल्ने गर्छौं। पहिलो कक्षा दिनको सुरुवातमा नयाँ विद्यार्थीको भाषा क्षमताको परीक्षण लिइन्छ, र त्यही आधारमा उनीहरूलाई उपयुक्त स्तरको कक्षामा वर्गीकृत गरिन्छ।
कृपया वेबसाइटको मुख्य मेनुमा रहेको "Our Program" खण्डमा गई हेर्नुहोस्, जहाँ सबै कक्षा श्रेणीहरूको विवरण उपलब्ध छ।
Latest News & Articles
Stay Updated with the Latest News and Educational Insights for Young Learners and Their Families.
Discover the latest art trends with our new exhibition
Immerse yourself in the world of contemporary art through our exhibition.
Discover the latest art trends with our new exhibition
Immerse yourself in the world of contemporary art through our exhibition.
Guide to Understanding Children Development Stages
Explore Sheila Pepe's artistic journey and contributions through our Visiting Artist Program.



