खेलौँ, सिकौँ,
सँगै बढौँ !!
बालकार्यक्रममा स्वागत छ —
नेपाली भाषा र संस्कृति सिक्ने रमाइलो यात्रा!
हाम्रो बारेमा
बालकार्यक्रम नेब्रास्का - नेपाली भाषा र संस्कृतिको संरक्षण
नेपाली भाषा, संस्कृति र समुदायमार्फत बालबालिकामा पहिचानको गर्व, आत्मबल, र समृद्ध भविष्यको बीउ रोप्ने अभियान।
हाम्रो कक्षाहरू
नेपाली भाषा, संस्कृति र मूल्यहरूलाई रमाइलो, आकर्षक र समग्र सिकाइ अनुभवमार्फत सिकाउँदै बालमस्तिष्कको विकास र सिर्जनशीलतालाई प्रेरणा दिने हाम्रो प्रयास।
आउँदो कार्यक्रमहरू
सबै उमेर समूहका लागि रमाइला आउँदो कार्यक्रमहरू — रमाइलो, सिकाइ र स्मरणीय अनुभवका लागि हामीसँग सहभागी बनौं!
30 March 2025
होली (मौसम अनुकूल भएमा)
होली रंगहरूको पर्व हो, जहाँ प्रेम, उत्साह र भाइचारा सँगसँगै मनाइन्छ।
यो पर्वले नेपाली संस्कृति र विविधताको रंगीन झल्को दिन्छ।
- 10:00 AM
- Standing Bear Lake
27 April 2025
आमाको मुख हेर्ने
आमाको मुख हेर्ने दिन नेपाली संस्कृति अनुसार आमाप्रति श्रद्धा, प्रेम र सम्मान प्रकट गर्ने विशेष दिन हो।
यस दिन छोराछोरीहरूले आमाको आशीर्वाद लिन्छन् र मिठा परिकार खान दिन्छन्।
- 10:00 AM
- Montclaire Community Center
15 June 2025
पिकनिक (भ्रमण कार्यक्रम)
पिकनिक रमाइलो मिलन र सामूहिक आनन्दको दिन हो, जहाँ विद्यार्थी, शिक्षक र अभिभावकहरू एकसाथ प्राकृतिक वातावरणमा समय बिताउँछन्।
यो कार्यक्रमले आपसी सम्बन्ध बलियो बनाउँछ र सिकाइबाहिरको रमाइलो अनुभव प्रदान गर्छ।
- 10:00 AM
- Lake Zorinsky Shelter 1
बालकार्यक्रम बारे थप जानकारी
५ वर्ष वा त्योभन्दा माथिको उमेर भएकाहरूलाई भर्ना लिन सकिन्छ। यदि बच्चा त्यस वर्षको अमेरिकी विद्यालय प्रणालीमा किंडरगार्टेनमा जान लागेका छन् भने, बालकार्यक्रममा दर्ताको समयसम्म ५ वर्ष नपुगेको भए पनि भर्ना लिन सकिन्छ।
हामी नयाँ भर्ना डिसेम्बर १ देखि श्रीपञ्चमी (सरस्वती पूजा) को दिन सम्म खोल्ने गर्छौं। पहिलो कक्षा दिनको सुरुवातमा नयाँ विद्यार्थीको भाषा क्षमताको परीक्षण लिइन्छ, र त्यही आधारमा उनीहरूलाई उपयुक्त स्तरको कक्षामा वर्गीकृत गरिन्छ।
कृपया वेबसाइटको मुख्य मेनुमा रहेको "Our Program" खण्डमा गई हेर्नुहोस्, जहाँ सबै कक्षा श्रेणीहरूको विवरण उपलब्ध छ।



