सोधिने प्रश्नहरू

Home
FAQs

बालकार्यक्रम बारे थप जानकारी

५ वर्ष वा त्योभन्दा माथिको उमेर भएकाहरूलाई भर्ना लिन सकिन्छ। यदि बच्चा त्यस वर्षको अमेरिकी विद्यालय प्रणालीमा किंडरगार्टेनमा जान लागेका छन् भने, बालकार्यक्रममा दर्ताको समयसम्म ५ वर्ष नपुगेको भए पनि भर्ना लिन सकिन्छ।

बालकार्यक्रममा योगा कक्षा, चाडपर्व मनाउने कार्यक्रमहरू, वार्षिक पिकनिक तथा नृत्य कार्यक्रमहरू सञ्चालन गरिन्छ।

कक्षा हरेक आइतबार सञ्चालन हुन्छ। समय भने कक्षाको तहअनुसार फरक–फरक हुन्छ। सबै कक्षा अनलाइन माध्यमबाट हुन्छन्, तर प्रत्येक महिनाको अन्तिम आइतबारको कक्षा प्रत्यक्ष (in-person) रूपमा सञ्चालन गरिन्छ।

कृपया वेबसाइटको मुख्य मेनुमा रहेको "Our Program" खण्डमा गई हेर्नुहोस्, जहाँ सबै कक्षा श्रेणीहरूको विवरण उपलब्ध छ।

हामी नयाँ भर्ना श्रीपञ्चमी (सरस्वती पूजा) को दिनबाट खोल्ने गर्छौं। पहिलो कक्षा दिनको सुरुवातमा नयाँ विद्यार्थीको भाषा क्षमताको परीक्षण लिइन्छ, र त्यही आधारमा उनीहरूलाई उपयुक्त स्तरको कक्षामा वर्गीकृत गरिन्छ।