नियम र सर्तहरू

Home
Terms And Conditions

कृपया यस वेबसाइट (baalkaryakramne.org) प्रयोग गर्नु अघि निम्न नियम र सर्तहरू ध्यानपूर्वक पढ्नुहोस्। तपाईंले वेबसाइट प्रयोग गरेसँगै, यी नियम तथा सर्तहरूमा सहमति जनाउनुहुन्छ। यदि तपाईंले यी सर्तहरूमा सहमति जनाउन सक्नुहुन्न भने कृपया वेबसाइट प्रयोग नगर्नुहोस्।

१. वेबसाइटको उद्देश्य

baalkaryakramne.org बिदेशमा रहेका नेपाली मूलका बालबालिकाहरूलाई नेपाली भाषा, संस्कृति, र सामाजिक मूल्यहरू सिकाउने शैक्षिक कार्यक्रमको डिजिटल प्लेटफर्म हो। वेबसाइटमा सार्वजनिक तथा सदस्यहरूको लागि छुट्टाछुट्टै खण्डहरू छन्।

२. सामग्रीको पहुँच

२.१ सार्वजनिक जानकारी

सार्वजनिक रूपमा उपलब्ध पृष्ठहरूमा समावेश छन्:

  • बारेमा (About Us)

  • हाम्रो कक्षाहरू (Our Program)

  • कार्यक्रमहरू (Events – सीमित जानकारी मात्र)

  • ग्यालरी (Gallery – पूर्ण या आंशिक पहुँच)

  • भर्ना जानकारी (Admissions)

  • सोधिने प्रश्नहरू (FAQs)

  • नियम तथा सर्तहरू (Terms & Conditions)

  • गोपनीयता नीति (Privacy Policy)

  • सम्पर्क (Contact)

२.२ सदस्यहरूको लागि पहुँच

सदस्य (प्रशासक, शिक्षक, विद्यार्थी) ले लगइन गरेपछि मात्रै देखिने जानकारीहरूमा समावेश छन्:

  • व्यक्तिगत ड्यासबोर्ड

  • कार्यक्रमको विस्तृत विवरण

  • घटनाको स्थान र अतिरिक्त जानकारी

  • शिक्षकहरूको सम्पूर्ण प्रोफाइल

  • कक्षा तालिका र पाठ्यक्रम

  • आन्तरिक सूचनाहरू

 

३. प्रयोगकर्ता खाता र सुरक्षा

  • सदस्यहरूले मात्र खाता सिर्जना गर्न पाउँछन्, जुन प्रशासक वा वेबसाइट व्यवस्थापकद्वारा सिर्जना गरिन्छ वा अनुमोदन गरिन्छ।

  • तपाईंले आफ्नो लगइन विवरण गोप्य राख्नुपर्नेछ।

  • यदि तपाईंले आफ्नो खातामा अनधिकृत गतिविधि देख्नुभयो भने तुरुन्त हामीलाई जानकारी दिनुहोस्।

 

४. बौद्धिक सम्पत्ति अधिकार

वेबसाइटमा रहेका सबै सामग्रीहरू (लेख, फोटो, भिडियो, डिजाइन, लोगो आदि) baalkaryakramne.org वा सम्बन्धित संस्थाको स्वामित्वमा छन्। ती सामग्रीहरू अनुमति बिना प्रतिलिपि, वितरण वा परिवर्तन गर्न पाइँदैन।

 

५. व्यवहारगत नियमहरू

  • वेबसाइटमा कुनै आपत्तिजनक, अपमानजनक वा गैरकानुनी गतिविधि गर्न पाइँदैन।

  • सदस्यहरूले एक-अर्काप्रति सम्मानजनक व्यवहार गर्नुपर्नेछ।

  • कुनै पनि गलत जानकारी प्रविष्ट गरेमा खाता निष्क्रिय गर्न सकिन्छ।

 

६. डेटा गोपनीयता

हामी तपाईंको व्यक्तिगत जानकारी सुरक्षीत राख्न प्रतिबद्ध छौं।
गोपनीयता नीतिमा विस्तृत जानकारी दिइएको छ।
कुनै पनि सदस्य-सँग सम्बन्धित डाटा बाह्य प्रयोगकर्तालाई प्रदान गरिने छैन।

 

७. वेबसाइटमा परिवर्तन

हामी वेबसाइटको संरचना, सुविधाहरू वा नियमहरूमा कुनै पनि समय सूचना बिना परिवर्तन गर्न सक्ने अधिकार राख्छौं।

 

८. उत्तरदायित्व अस्वीकार

वेबसाइटमा दिइएका जानकारीहरू यथासम्भव सही राखिए पनि, कुनै त्रुटि वा अस्पष्टताका लागि हामी जिम्मेवार नहुन सक्छौं।
वेबसाइटको प्रयोगबाट उत्पन्न हुने कुनै पनि क्षतिका लागि हामी उत्तरदायी हुने छैनौं।

 

९. कानून र क्षेत्राधिकार

यी नियमहरू अमेरिकाको कानून अनुसार व्याख्या गरिनेछ। तर प्रयोगकर्ताहरू बिदेशबाट वेबसाइट प्रयोग गर्न सक्नेछन्। कुनै विवाद उत्पन्न भएमा, त्यो सम्बन्धित स्थानीय कानुनी निकायको मार्गनिर्देशन अनुसार समाधान गरिनेछ।

 

१०. सम्पर्क जानकारी

यदि तपाईंलाई नियम तथा सर्तहरूबारे कुनै प्रश्न वा जिज्ञासा छ भने, कृपया Contact page मार्फत सम्पर्क गर्नुहोस्।